+
+

कोशीमा मन्त्रिपरिषद विस्तार, माओवादी र एकीकृत समाजवादीबाट १-१ मन्त्रीको शपथ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १८:५७

१७ कात्तिक, विराटनगर । केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी भएका छन् ।

मुख्यमन्त्री कार्कीले माओवादी  केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरुलाई मन्त्रालय तोकिएको छैन ।

नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख परशुराम खापुङले आज शुक्रबार नै पद तथा गोपनियताको शपथ गराएका छन् ।

नेकपा एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार २७ भदौमा मुख्यमन्त्री  बनेका कार्कीले २८ भदौमा कांग्रेस  विद्रोही  पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई  विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

कार्कीले सहमतीय सरकार बनाउन भन्दै माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराए पनि एमालेले भने सरकारबाट बाहिरने चेतावनी दिएको छ ।

यसअघि कार्कीले एमालेसँग छलफल गरे पनि एमालेले माओवादी सरकारमा आए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । कांग्रेस  र माओवादी केन्द्रले एमालेबाट मन्त्री बनेका राम रानालाई बर्खास्त गर्न मुख्यमन्त्रीलाई दबाब दिएका छन् ।

तर संकटमा आफूलाई  साथ दिएका कारण तत्काल बर्खास्त नगर्ने मुख्यमन्त्रीले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?