+
+

भूकम्पपछिको राहत र उद्धारबारे गृह मन्त्रालयमा सरोकारवालाको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते १०:१४

१८ कात्तिक, काठमाडौं । जाजरकोट र पश्चिम रुकुम र आसपासको क्षेत्रमा गएको भूकम्पपछिको राहत, उद्धार र पुनर्स्थापनाबारे छलफल गर्न गृह मन्त्रालयमा सरोकारवालाहरुको बैठक सुरु भएको छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायण्काजी श्रेष्ठको अध्यक्षतामा गृह मन्त्रालयमा प्रधानमन्त्री तथा मनित्रपरिषदको कार्यालय, सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ मन्त्रालय, संघीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरुको बैठक सुरु भएको हो ।

बैठकले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्दार एबम् उपचारको लागि बैठकले ठोस निर्णयहरु गर्ने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?