+
+

सेनाले भन्यो- उद्धार तथा स्वास्थ्यकर्मीको चार टोली प्रभावित क्षेत्र पुग्यो, थप टोली स्ट्यान्डबाइ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते १०:५६

१८ कात्तिक, काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको भूकम्पलगत्तै नेपाली सेनाले उद्धार कार्य तीव्र बनाएको जनाएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै सेनाले रातिबाटै प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेको बताएको छ ।

जाजरकोट र पश्चिम रुकुममा परिचालित फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ ।्

परिचालित फौजले घाइतेहरुको उद्धार गरी अस्पताल पठाइरहेको छ भने मृतकहरुको शव समेत निकालिरहेको जनाएको छ ।

काठमाडौं, सुर्खेत र नेपालगन्जमा डाक्टर र स्वास्थ्य सामाग्रीसहितको टोली थप उद्धार कार्यको लागि स्ट्याण्डबाइ राखिएको तथा घाइतेहरुको थप उपचारका लागि सैनिक अस्पताल नेपालगन्ज र वीरेन्द्र अस्पताल छाउनीमा डा. अधिकृतको टोली तयारी हालतमा रहेको जानकारी दिएको छ ।

सेनाका अनुसार भूकम्प प्रभावित जिल्लाहरूमा खोज तथा उद्धारका लागि हेलिकप्टरबाट काठमाडौंबाट चौरजहारीमा ३ जना डाक्टरसहित १६ जना, स्काइ ट्रकमार्फत चौरजहारीमै काठमाडौंबाट थप १६ जना, हेलिकप्टरबाट सुर्खेत लामिडाँडामा ३ जना र हेलिकप्टरबाट काठमाडौंबाट चौरजहारीमा अरु २६ जना मेडिकल टिम सहितका फौजहरू परिचालन भएका छन् ।

‘परिचालित फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य निरन्तर जारी राखेको छ,’ सेनले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?