+
+

भूकम्प पीडितका लागि सुदूरपश्चिम सरकारले १ करोड दिने, २० जना स्वास्थ्यकर्मी पठाउने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते १८:०५

१८ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई एक करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए ।

यस्तै सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय पनि गरेको उनले बताए । प्रदेश सरकारले भूकम्पमा परेर ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइतेको शीघ्र स्वास्थ लाभको कामना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?