+
+

रास्वपाले जाजरकोटमा पठायो चिकित्सकको २ टोली

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते १२:२१

१८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि टोली परिचालन गरेको छ ।

भूकम्प पीडितको उद्धारका लागि कर्णाली प्रदेशका सभापति र महामन्त्रीसहितको टोली जाजरकोट गएको छ । त्यस्तै केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल र डा. तोसिमा कार्कीसहित चिकित्सकहरुको दुईवटा टोली उपचारका लागि जाजरकोट तर्फ गएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय सदस्य दीपक बोहराको टोली राहत सामग्री संकलन गरेर जाजरकोटतर्फ गएको छ ।

रास्वपाको उपलब्ध केन्द्रीय सदस्य र सांसदहरुको बैठक शनिबार दिउँसो पार्टी कार्यालय चमतीमा बसिरहेको छ ।

स्वस्थ्यकर्मी, स्वयंसेवक परिचालन, उपचारमा आवश्यक सामग्री ब्यवस्थापन र अन्य आवश्यक उद्धार संयन्त्रको लागि छलफल भइरहेको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?