+
+

दल्ली नगर अस्पतालमा भुईंमा राखेर घाइतेको उपचार, औषधि अभाव हुन थाल्यो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते १४:२९

१८ कात्तिक, काठमाडौं । भूकम्पको केन्द्रविन्दु जाजरकोटको नलगाड नगरपालिकास्थित दल्ली नगर अस्पतालमा घाइतेको उपचारमा समस्या भएको छ ।

नगरपालिका जनस्वास्थ्य निरीक्षक तप्त चुनाराले सीमित स्रोत साधनबाट उपचारमा कठिन भएको बताए । हाल उक्त अस्पतालमा ५० भन्दा धेरै घाइतेको उपपचार भइरहेको छ । उनका अनुसार गम्भीर घाइते भएका आठ जनालाई हेलिकप्टरबाट कर्णार्ली प्रादेशिक अस्पताल, सुर्खेतमा पठाइएको छ ।

‘१५ शय्याको अस्पतालमा अहिले ५० जनाभन्दा बढी राखेर उपचार भइरहेको छ । बिरामी राख्ने ठाँउ छैन’, उनले भने, ‘घाइते बिरामीलाई भुइँङ्गा राखेर उपचार गराइरहेका छौं ।’

अस्पताल ल्याउँदै गर्दा मृत्यु भएका ६ जनाको शव पनि सोही अस्पतालमा राखिएको छ ।

घाइतेको संख्या अझै बढिरहेको र प्राथमिक उपचार गरिरहेको उनले बताए । ‘अस्पताल आइएकालाई सकेसम्म जसोतसो प्राथमिक उपचार गराइरहेका छौं । आज बेलुकासम्म केही समान्य औषधि पुग्छ होला’, जनस्वास्थ्य निरीक्षक चुनाराले अनलाइखबरसँग भने, ‘घाइते बिरामी बढिरहेका छन् । हामीलाई औषधि, अक्सिजनको अभाव हुने देखिन्छ ।’

उनका अनुसार अक्सिजन सिलिन्डरको अभाव हुने देखिएको छ । अहिले विद्युतीय अक्सिजनको प्रयोग भइरहेको छ । सीमित स्वास्थ्यकर्मी र भौतिक संरचना रहेको अस्पतालमा बेडको समेत अभावले उपचारमा कठिनाइ देखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?