
१८ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले भूकम्प प्रभावितहरुलाई पार्टीको खाद्य भण्डारबाट करिव २५ क्विन्टल चामल दिने निर्णय गरेको छ ।
जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पमा परी कम्तिमा १३८ जनाको मृत्यु भएको छ भने १६० भन्दा बढी घाइते भएका छन् । नेकपाको शनिबार बसेको उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले पार्टी कोषबाट १ लाख रुपैयाँ राज्यको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
पार्टीको खाद्य भण्डारबाट १०० प्याकेट (करिव २५ क्विन्टल) चामल पठाउने निर्णय पनि गरेको छ । राहत संकलन गर्ने र चिकित्सकहरुको टोली पठाउने महासचिव नेत्रविक्रम चन्दले बताए ।
भूकम्पपछि प्रधानमन्त्रीको दतारुकता प्रशंसनीय रहेको उनले बताए । तर मन्त्रिपरिषद्बाट निर्णय गर्न ढिला गर्न नहुने भन्दै महासचिव विप्लवले भने, ‘प्रधानमन्त्रीको एकल सक्रियता हुँदैन, राज्यको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्छ ।’
https://www.facebook.com/onlinekhabarnews/videos/353781820517384
प्रतिक्रिया 4