
१८ कात्तिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोट भूकम्प पीडितको सहायताका लागि २५ लाख रूपैयाँ आर्थिक सहयोग घोषणा गरेको छ ।
भूकम्प प्रभावितहरूको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाख रूपैयाँ आर्थिक सहयोग जम्मा गर्ने निर्णय भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकले भूकम्पबाट ज्यान गुमाएका परिवारप्रति समवेदना र घाइतेहरुको स्वस्थ लाभको कामना समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4