
१८ कात्तिक, काठमाडौं । जाजरकोट भूकम्पका कारण नेपाली कांग्रेसले तिहारसम्मका सार्वजनिक कार्यक्रम स्थगित गरेको छ ।
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो संख्यामा भएको मानवीय तथा भौतिक क्षति र सयौंको संख्यामा सर्वसाधारण घाइते भएकाले तिहारसम्मको कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ ।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्नुपर्ने भएकाले केन्द्र, प्रदेश र पालिकास्तरमा पूर्वनिर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरिएको छ ।
पार्टीको सार्वजनिक कार्यक्रमहरु स्थगित गरिए पनि महासमिति सदस्य चयन गर्ने आन्तरिक कार्यक्रम भने नरोकिने जानकारी पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4