१७ कात्तिक, काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानका फाखर जमानले बिस्फोटक ब्याटिङ गर्दै शतक पूरा गरेका छन् ।
जमानले ६३ बलमा ९ छक्का र ६ चौका प्रहार गर्दै शतक बनाए । अर्का ओपनर अब्दुल्लाह साफिक सुरुमै आउट भएपछि जमानले कप्तान बाबर अजामसँग लोभलाग्दो साझेदारी गर्दै शतक पूरा गरेका हुन् ।
२० ओभरमा १५२ रन जोडेको पाकिस्तानले न्यूजिल्याण्डले दिएको ४०२ रनको फराकिलो चुनौती पछ्याइरहेको छ । पाकिस्तान र न्यूजिल्याण्ड दुवै टीम यो खेलमा जित निकाल्दै सेमिफाइनल स्थानमा सम्भावना बढाउने दाऊमा छ ।
प्रतिक्रिया 4