
१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
जाजरकोट भूकम्पलगायतका समसामयिक विषयमा छलफल गर्न उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।
बैठक देउवाको निवास धुम्बाराहीमा बस्ने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4