
१८ कात्तिक, काठमाडौं । भूकम्पमा परी घाइते भएका २५ जनाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
एक जनाको घाइते निको भएर डिस्चार्ज भएको र एक जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।
उनका अनुसार ६ जनाको हातखुट्टा भाँचिएका छन् । अन्यको भने सामान्य चोटपटक छ । ‘बिरामीको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि अप्रेशन गर्नुपर्ने बिरामीलाई भोलि वा पर्सी गछौं’ डा. खड्काले भने, ‘अब धेरै बिरामी आउने सम्भावना छैन ।’
अस्पतालको संरचनाले पर्याप्त भएकाले अहिले भएका बिरामीलाई सहज रुपमा उपचार गर्न सकिने उनले बताए ।
कर्णाली प्रदेश अस्पतालका दुई जना हाडजोर्नी विशेषज्ञ जाजरकोट जिल्ला अस्पतालमा पुगेर सेवा दिइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4