+
+

इजरायलमा मारिएका आनन्द साहको शव धनुषा ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते १९:००

१८ कात्तिक, जनकपुरधाम । गत ७ अक्टोबरमा प्यालेस्टाइनका चरमपन्थी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषाका आनन्द साहको शव घर ल्याइएको छ ।

नेपाली सेनाले आफ्नो विशेष विमानबाट शनिबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित सपहीमा रहेको उनको घरमा ल्याइ दिएको हो ।

विमानबाट शनिबार अपराह्न साढे ५  बजे जनकपुरधाम विमानस्थलमा उनको शव ल्याइएको थियो ।

विमानस्थलबाट नेपाली सेनाकै टोलीले स्कर्टिङ गरेर आनन्दको शवलाई उनको घर पुर्याएको हो ।

उनको शव ल्याइएपछि घरपरिवारसहित गाउँबासी शोकमग्न एवम् भावविह्वल भएका छन् ।

शनिबार राति नै आनन्दको दाहसंस्कार गर्ने तयारी गरिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टिकापुरको टिकापुर मल्टिपल क्याम्पसमा एग्रिकल्चरमा बीएससी पढेका आनन्द गत भदौमा अभ्यासका लागि इजरायल पुगेका थिए ।

चार सन्तानका बुबा सोमन साहका उनी एकला छोरा थिए ।

गत १३ कात्तिकमा मात्रै परराष्ट्र मन्त्रालयले आनन्दको शव पहिचान भएको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?