+
+

मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते ८:३९

१९ कात्तिक, काठमाडौं । शुक्रबार राति गएको भूकम्पपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ ।

भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुन:स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको मन्त्रिपरिषद् बैठक बसेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रभावित क्षेत्र जाजरकोट र रुकुम पुगेर फर्किएपछि आइतबार बिहानै मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

शनिबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचारका लागि जिल्ला विपद् व्यवस्थापन कोषामा ५/५ करोड रूपैयाँ पठाउने निर्णय गरेको थियो ।

भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचार कार्यलाई पहिलो प्राथमिकतामा दिने भन्दै तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रूकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषामा उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पठाउने निर्णय सरकारले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?