+
+

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्‌को बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १०:२३

१९ कात्तिक, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद’को बैठक जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा उपप्रधानमन्त्रीहरू, सबै मन्त्रालयका मन्त्रीहरू, सबै प्रदेशका मुख्यमन्त्रीहरू, विपक्षी दलका नेता, विज्ञ सदस्य, मुख्यसचिव र प्रधानसेनापति लगायत सहभागी छन्।

बैठकले शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको क्षति, राहत, उद्दार र उपचारबारे छलफल तथा निर्णय गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?