+

नेपालले टस जितेर ब्याटिङ गर्दै , दीपेन्द्रको स्थानमा सन्दीप जोरा

२०८० कात्तिक  १९ गते १०:२८ २०८० कात्तिक १९ गते १०:२८
नेपालले टस जितेर ब्याटिङ गर्दै , दीपेन्द्रको स्थानमा सन्दीप जोरा

१९ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गरेको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर ओमानलाई बलिङको निम्तो दिएका हुन् ।

नेपालको टिममा एक परिवर्तन गरिएको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरा खेल्ने भएका छन् ।

समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो ।

आज फाइनल खेल जित्दै नेपाल बदला लिने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

नेपालको टिमः रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, सोमपाल कामी, करण केसी, विवेक यादव, अभिनाश बोहोरा, सन्दीप लामिछाने र गुल्शन झा ।

टी-२० विश्वकप छनोट सन्दीप जोरा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय