
१९ कात्तिक, जाजरकोट । भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका स्वास्थ्य संस्थाको भौतिक संरचनमा क्षति पुगेपछि यतिबेला खुला चौरमा सेवा सुरु गरिएको छ ।
दश शय्याको अस्पतालको रुपमा विकास भएको लिम्सास्थित स्वास्थ्य संस्थाको भवन भूकम्पका कारण भत्किएपछि खुला स्थानमा सेवा सुरु गरिएको हो ।
गाउँपालिकाको आधाभूत स्वास्थ्य तथा सरसफाइ सेवा समेत खुल्ला चौरमै दिनुपरेको वरिष्ठ अनमी कल्पना रोकायले बताए ।
भूकम्पले भवन चर्काएपछि एम्बुलेन्स राख्न स्थानमा आवश्यक उपकरणको व्यवस्था गरी घाइतेका उपचार सुरु गरिएको उनको भनाइ छ ।
जाजरकोटका विभिन्न स्थानमा अहिले पनि भूकम्पका पराकम्पन गइरहेकोले सेवा प्रवाहमा समस्या भएको उनले बताए ।
भूकम्पको केन्द्रविन्दु रामीडाँडा गाउँपालिकाको केन्द्रबाट झण्डै चार किलोमिटरको दूरीमा पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4