
काठमाडौं । टि–२० विश्वकप क्रिकेटको एशिया छनोट प्रतियोगिताको फाइनलमा अहिले नेपाल र ओमान प्रतिस्पर्धा गरिरहेका छन् । आगामी वर्ष अमेरिका र वेस्टन्डिजले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपका लागि छनोट भइसकेका दुबै टोली उपाधिका लागि कीर्तिपुरस्थित टीयू क्रिेकट मैदानमा भिडिरहेका छन् ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो। ९.५ ओभरमा ६० रन बनाउँदा चौंथो विकेट गुमाइसकेको नेपालले ओपनरहरु आशिफ सेख र कुशल भुर्तेलसहित सन्दीप जोरा र कुशल मल्लको विकट गुमाएकेकाले टिम दबाबमा छ । तर, कप्तान रोहित पौडेल र गुल्सन झाले पारी सम्हालेका छन् ।
नेपालले उपाधि चुमेको हेर्न आतुर हजारौं दर्शक टीयू क्रिकेट रंगशालामा पुगेका छन् । नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि घरमै राख्ने अपेक्षा घरेलु दर्शकहरुको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4