+
+

कांग्रेसले महामन्त्रीद्वयको नेतृत्वमा भूकम्प ‘अनुगमन तथा सहजीकरण समिति’ बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १२:३३
फाइल तस्वीर

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा भइरहेका काम र विपद व्यवस्थापनका लागि महामन्त्रीद्वयको नेतृत्वमा ‘अनुगमन तथा सहजीकरण समिति’ गठन गर्ने भएको छ ।

कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माका अनुसार आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘महामन्त्रीद्वयको नेतृत्वमा विपद व्यवस्थापन सँगै ‘अनुगमन तथा सहजिकरण समिति’ निर्माण गर्ने निर्णय भएको छ’, विश्वकर्माले भने, ‘त्यसले स्थल अनुगमनदेखि सबै सामग्री परिचालन, राज्य संयन्त्र परिचालन, पार्टी परिचालनको बीचमा भएका सबैको अनुगमन र सहजिकरण गर्ने निर्णय भएको छ ।’

विश्वकर्माका अनुसार महामन्त्रीद्वय चाँडै भूकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा जाने भएका छन् ।

राहत वितरणमा अनियमितता र पक्षपात नहोस् तथा विपन्नको पुनर्वासमा पनि समानता होस् भन्नेमा कांग्रेस गम्भिर भएकाले यस्तो निर्णय गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?