नेपालमा महिलाहरुको मृत्युको एक प्रमुख कारणमध्ये मानिन्छ, पाठेघरको क्यान्सर । पाठेघर मुखको क्यान्सर हुनुमा ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)को खास भूमिका हुन्छ ।
यद्यपि यस किसिमको क्यान्सर हुनु अगावै त्यसको संकेत थाहा पाउन सकिन्छ र संभावित जोखिमबाट पूर्ण मुक्त हुन सकिन्छ । अर्थात पाठेघरको मुखको क्यान्सर हुन्छ वा हुँदैन भन्ने कुरा पाँच बर्ष अगाडि नै थाहा पाउन सकिन्छ । जुन परीक्षणलाई एचपीभी डिएनए भनिन्छ ।
यो कस्तो विधि हो ?
यो पाठेघरको मुखको क्यान्सर हुनुभन्दा पहिला नै थाहा पाउने विधि हो । यसका लागि एचपीभी डिएनए परिक्षण गरेर थाहा पाउन सकिन्छ । यसलाई स्क्रिनिङ टेस्ट पनिभनिन्छ ।
यस किसिमको जाँचले पाठेघरको क्यान्सरबारे पूर्व संकेत पाउन सकिन्छ । र, संभावित जोखिमबाट बच्न सकिन्छ ।
यसका लागि पाठेघरको मुखको पानी परीक्षण गरिन्छ । उक्त पानीमा क्यान्सर गराउने जीवाणु छ वा छैन भन्ने थाहा हुन्छ ।
कसरी गरिन्छ?
यो परीक्षण एकदमै सजिलो र छरितो छ । कुनै साइड इफेक्ट छैन । सामान्य ढंगमा परीक्षण गर्न सकिन्छ । यसका लागि इयर वर्ड जस्तै एउटा मेडिकल उपकरण हुन्छ, जसले यौनाङ्ग भित्रको पानी निकालेर ल्याबमा पठाइन्छ ।
यो परीक्षण क-कसले गर्नुपर्छ ?
पाठेघरको समस्या देखिएका महिलाहरुले अनिवार्य रुपमा गनुपर्छ । त्यस्तै ३० वर्षदेखि ४५ बर्ष उमेर पुगेका महिलाले पाठेघरको समस्या नदेखिएपनि नियमित रुपमा यो परीक्षण गर्न जरुरी छ ।
कति अवधिमा गर्नुपर्छ ?
एचपीभी डिएनए जाँच गर्दा रिपोर्ट नेगेटिभ आएमा पाँच बर्षसम्म ढुक्क भए हुन्छ । अर्थात स्थिती सामान्य छ भने पाँच पाँच बर्षको अन्तरालमा परीक्षण गराउनुपर्छ । साथै यो परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएमा अर्को परीक्षण गर्नुपर्छ, जसलाई भीआइए परीक्षण भनिन्छ । यसले पाठेघरमा क्यान्सर कति फैलिएको छ भन्ने हेर्न सकिन्छ ।
यदि यो रिपोर्ट पनि पोजेटिभ देखिएमा तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।
तर, एचपीभी डिएनए जाँच गर्दा पोजेटिभ आउनसाथ आत्तिनु पर्दैन । कहिले काहीँ यस्तो जीवाणु आफै निस्कृय भएर जान सक्छ ।
यसको रिपोर्ट कति दिनमा पाइन्छ ?
एचपिभी परीक्षण गरेको १४ देखि १५ दिनभित्र यसको रिपोर्ट पाउन सकिन्छ ।
यसका लागि कति खर्च लाग्छ ?
मेरी स्टोप्स नेपालमा यो परीक्षण गर्न तीन हजार पाँच सय रुपैयाँ लाग्छ ।
यो सेवा कहाँ कहाँ पाइन्छ ?
मेरी स्टोप्स नेपालका शाखाहरुमा यो सेवा सहज रुपमा उपलब्ध छ । त्यससँगै क्यान्सर अस्पताल र अन्य कतिपय अस्पतालमा पनि यो सेवा लिन सकिन्छ ।
दवाडी मेरी स्टोप्समा कार्यरत स्टाफ नर्स हुन् ।
प्रतिक्रिया 4