
१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका संघीय सांसदले आधा महिना (१५ दिन) को पारिश्रमिक भूकम्प पीडितका राहत स्वरुप सरकारलाई प्रदान गर्ने भएका छन् ।
भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि संघीय सांसदले १५ दिन बराबरको पारिश्रमिक रकम सहयोग स्वरुप सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ । संसदीय दल कार्यसमितिको बैठकले पारिश्रमिक भूकम्प पीडितलाई दिने निर्णय गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी गराए ।
कांग्रेसका प्रतिनिधि सभामा ८८ र राष्ट्रिय सभामा १० सांसद छन् । आधा महिनाको पारिश्रमिकको आधारमा करिब २७ लाख रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने भएको छ ।
गत शुक्रबार राति ११ :४७ बजे जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ ।
प्रतिक्रिया 4