+
+

फागुन २५ मा चार नेपाली फिल्मबीच ‘स्टारडम’ र ‘प्रतिष्ठा’को लडाइँ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १७:२८
फिल्म 'उपहार'को एक दृश्यमा अभिनेत्री रेखा थापा

काठमाडौं । सबै कुरा अहिलेकै परिस्थितिमा अघि बढे महाशिवरात्री छेकोमा चार नेपाली फिल्म प्रदर्शन हुनेछन् । जसमा दयाहाङ राईका दुई फिल्म हुनेछन् । ‘को भन्दा को कम’को अडानमा निर्माता अडिग रहे चारै फिल्मको भिडन्त निश्चित छ ।

दयाहाङ राईको ‘रंगेली’ र ‘लोकल हिरो’, नवल खड्काको ‘काँडेतार’, रेखा थापाको ‘उपहार : द जर्नी अफ लाइफ’ले फागुन २५ को मितिमा प्रदर्शन हुने जनाएका छन् । यीमध्ये ‘लोकल हिरो’को छायांकन हुन बाँकी छ ।

उक्त मितिमा अजय देवगण स्टारर एक सुपर-न्याचुरल हिन्दी फिल्म पनि प्रदर्शनको तयारीमा छ । हलिउड र दक्षिण भारतबाट समेत अर्को एक फिल्म आउने सम्भावनालाई नकार्न सकिंदैन ।

फिल्म वितरणका जानकार घोषित चारमध्ये दुई मात्र उक्त मितिमा आउने सम्भावना रहेको बताउँछन् । तर निकट अतीतको फिल्म जुधाईको प्रवृत्ति हेर्दा चारै फिल्म पनि आउने सम्भावना बलियो छ ।

पछिल्लोपटक रेखा थापाको ‘उपहार : जर्नी अफ लाइफ’ले उक्त मितिमा प्रदर्शन तय गरेको थियो । सबैभन्दा सुरुमा नवल खड्काको ‘काँडेतार’ले प्रदर्शन मिति घोषणा गरेको थियो । यो मेसोमा सबैभन्दा दबाब दयाहाङ राईमा देखिन्छ, किनभने उनका दुई महत्वपूर्ण फिल्म सोही मितिमा आउने तयारीमा छन् ।

उक्त मिति धेरै कोणबाट प्रतिष्ठाको लडाइँ पनि सावित हुन सक्छ । एकातिर चलेका कलाकार र अर्कोतिर वितरकको हस्तक्षेप : यी दुई कोणबाट फागुन २५ को मिति निकै महत्वपूर्ण हुन सक्छ ।

यदि अन्तिमसम्म सहमति नजुटे, दयाहाङका दुवै फिल्म रिलिज हुनेछन् । सम्भावित व्यावसायिक क्षतिलाई रोक्न पनि निर्णयबाट पछि हट्ने सम्भावनालाई पनि नकार्न सकिन्न । अब अहिल्यै उक्त मितिमा फिल्म आउनेछ भनेर प्रक्षेपण गर्न हतार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?