+

विराट कोहलीले गरे सचिन तेन्दुल्करको कीर्तिमान बराबरी

२०८० कात्तिक  १९ गते १८:२१ २०८० कात्तिक १९ गते १८:२१
विराट कोहलीले गरे सचिन तेन्दुल्करको कीर्तिमान बराबरी

१९ कात्तिक, काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले एक दिवसीय क्रिकेटमा सचिन तेन्दुल्करले बनाएको ४९ वटा शतकको बराबरी गरेका छन् ।

आफ्नो ३५ औं जन्मदिनका दिन विराटले विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध शतक पूरा गरेपछि सचिनको बराबर पुगेका हुन् ।

४६३ वटा एक दिवसीय क्रिकेटमा सचिनले ४९ शतक र ९६ अर्धशतकको मद्दतमा १८ हजार ४२६ रन बनाएका छन् ।

विराटले भने २८८ वटा एक दिवसीय क्रिकेटमै ४९ शतक पूरा गरेका हुन् । ७० अर्ध शतक पनि पूरा गरेका विराटले एक दिवसीय क्रिकेटमा १३ हजार ६२६ रन बनाएका छन् ।

विराटको शतक मद्दतमा भारतले दक्षिण अफ्रिकाविरुद्ध ५ विकेट गुमाएर ३२६ रन बनाएको छ ।

विराट कोहली विश्वकप क्रिकेट सचिन तेन्दुलकर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय