
१९ कात्तिक, काठमाडौं । एलए एजुकेसन ग्रुपले भूकम्पमा आमाबाबु गुमाएका १० बालबालिकालाई नि:शुल्क पढाउने घोषणा गरेको छ ।
गत शुक्रबार राति गएको भूकम्पबाट आमाबुबा गुमाएका १० जना छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराउने एलए एजुकेसन ग्रुपका संस्थापक उमेश श्रेष्ठले जानकारी गराए ।
उक्त समूहका संस्थापकद्वय श्रेष्ठ र विद्या लिम्बुले १० जना बालबालिका (५ छात्र र ५ छात्रा) लाई उच्च माध्यमिक तहसम्म नि:शुल्क अध्यापन गराउने जानकारी गराएका हुन् ।
पीडित बालबालिकाले होस्टल सुविधा र एलए एजुकेसन अन्तर्गतका शिक्षण संस्थामा नि:शुल्क पढ्न पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4