
१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.शिवलाल भुसाललाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिएका छन् ।
१६ कात्तिकमा उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटा पदावधि सकिएर पदमुक्त भएपछि रिक्त उपकुलपति पदमा भुसाललाई जिम्मेवारी दिएका प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
कार्यालयले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अनुसार पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न बढीमा तीन महीनाको लागि जिम्मेवारी दिइएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4