
१९ कात्तिक, काठमाडौं । नेपाल उद्योग परिसंघले जाजारकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावितलाई सहयोग गर्न अपिल गरेको छ ।
आइतबार बसेको परिसंघको पदाधिकारी बैठकले भूकम्पमा ज्यान गुमाएका प्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
‘भूकम्पका कारण प्रभावित नागरिकहरुलाई राहत एवम् पुनर्स्थापनाका लागि आवश्यक सहयोग गर्न सबै सदस्य संस्थाहरु, उद्यमी व्यवसायी एवम् व्यावसायिक संघ संस्थाहरुलाई अपिल गर्दछौं,’ परिसंघले भनेको छ ।
भूकम्प प्रभावित नागरिकहरुलाई आफ्नोतर्फबाट सहयोग एवम् राहत कार्यलाई निरन्तरता दिने काम भइरहेको परिसंघले जनाएको छ ।
परिसंघले भूकम्पबाट प्रभावित नागरिकहरुको राहत, उपचार एवम् पुनर्स्थापना कार्यलाई तीव्रताका साथ अगाडि बढाउन सरकार समक्ष अनुरोध समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4