
१९ कात्तिक, काठमाडौं । आईएमई ग्रुपले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितका लागि १ करोड ५० लाख रुपैयाँ बराबर सहयोग रकम प्रदान गर्ने भएको छ ।
ग्लोबल आईएमई बैंक, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, आईएमई लिमिटेड लगायत कम्पनीको तर्फबाट उक्त सहयोग रकम प्रदान गरिन लागेको हो ।
जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिनेछ ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4