+
+

१० जना नेपाली विद्यार्थीले कोभेन्ट्री युनिभर्सिटीमा बेलायती शिक्षाको अनुभव लिए

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १९:५१

काठमाडौं । नेपालका १० जना विद्यार्थीले कोभेन्ट्री युनिभर्सिटीमा बेलायती शिक्षाको अनुभव लिएका छन् ।

सफ्टवारिका कलेज अफ आईटी एन्ड ई–कमर्सले कोभेन्ट्री युनिभर्सिटीसँगको सहकार्यमा आयोजना गरेको कोभेन्ट्री इमर्सन कार्यक्रममा उक्त संख्यामा नेपाली विद्यार्थी सहभागी भएका हुन् ।

यस वार्षिक कार्यक्रमले विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षा प्रणालीसँग प्रत्यक्ष अनुभव गर्ने र बेलायतको संस्कृतिमा डुब्न सुनौलो अवसर प्रदान गरेको कलेजले जनाएको छ ।

कलेजका अनुसार विद्यार्थीहरूले कोभेन्ट्री विश्वविद्यालयको भ्रमण गर्नुका साथै विभिन्न गतिविधिमा सहभागी भए ।

भ्रमणका क्रममा विद्यार्थीहरूले समृद्ध सांस्कृतिक विविधता हेर्ने र विभिन्न आकर्षक पर्यटकीय ठाउँहरु जस्तै– लन्डनका रोचक शहरहरु र स्कटल्याण्डको प्राकृतिक सौन्दर्यले भरिएको स्थानहरु घुम्ने मौका पाएका थिए ।

सफ्टवारिका कलेजका क्याम्पस प्रमुख प्रमोद पौडेलले विद्यार्थीहरूलाई यस्तो विश्वव्यापी प्रदर्शन दिने कार्यक्रम उनीहरुको वृद्धि विकासका लागि निकै महत्वपूर्ण रहेको बताए ।

कलेजका अनुसार उनीहरूले भ्रमणको समयमा विद्यार्थीलाई हवाई भाडा र आवास खर्च उपलब्ध गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?