+
+

जाजरकोट भूकम्प पीडितका लागि भारतले पठायो १० करोडको राहत सामग्री

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते २०:०९

१९ कात्तिक, काठमाडौं । जाजरकोट भूकम्पका पीडितका लागि भारतले पहिलो खेपमा १० करोड भारतीय रुपैयाँ (१६ करोड नेपाली रुपैयाँ) को आपतकालीन राहत सामग्री नेपाल पठाएको छ । काठमाडौंस्थित भारतीय दूतावासका अनुसार ती सामान आइतबार नेपालगञ्ज आइपुगेको छ ।

भारतीय वायुसेनाको एक विशेष विमान सी-१३० ले ११ टनभन्दा बढी आपतकालीन राहत सामग्री लिएर आएको हो । जसमा त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी छन् ।

यी राहत सामग्री भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका छन् ।

घनिष्ट मित्र र छिमेकी भएको नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकाहरुलाई हर सम्भव सहयोग गर्न भारत प्रतिवद्ध रहेको भारतीय दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?