
१९ कात्तिक, काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई स्थायी आश्रयको आवश्यक परे मानव सेवा आश्रम र आनीछोइङ डोल्मा फाउन्डेसनले सघाउने घोषणा गरेको छ ।
आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै दुवै संस्थाले जाजरकोट भूकम्पमा परी अशक्त र आश्रयविहीन बनेका वृद्ध, अशक्त, बालबालिका र एकल महिलालाई संरक्षण दिन तयार रहेको जनाइएको छ ।
दुवै संस्थाले यस्तो सेवा आवश्यक परेमा मानव सेवा आश्रमको सम्पर्क नम्बरहरु ९८५५०७६००१ देखि ९८५५०७६०२४ सम्म सम्पर्क गर्न पनि आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4