+

डियाजको ‘इमोसनल’ गोलमा लिभरपुलले हार टार्‍यो

२०८० कात्तिक  २० गते ८:०४ २०८० कात्तिक २० गते ८:०४
डियाजको ‘इमोसनल’ गोलमा लिभरपुलले हार टार्‍यो

२० कात्तिक, काठमाडौं  । लुइस डियाजले इन्जुरी टाइममा गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा लुटन टावनसँगको हार टारेको छ ।

आइतबार राति लुटनको मैदानमा भएको खेलमा डियाजकै गोलमा लिभरपुलले खेल १-१ को बराबरी गरेको हो ।

खेलको पहिलो हाफ गोलरहितमा सकिँदा दै टिमले अन्तिम समयमा गोल हानेका थिए ।

दुवै टिमका वैकल्पिक खेलाडीले गोल गरे । ८०औं मिनेटमा तहिथ चोङले गोल गर्दै लुटनलाई पहिले अग्रता दिलाएका थिए ।

लिभरपुलका लागि डियाजले इन्जुरी टाइमको पाँचौ मिनेटमा हराभे इलियटको पासमा बराबरी गोल गरे ।

डियाजको लागि यो गोल निकै इमोसनल समेत बन्यो ।

उनले गोल लगत्तै किडन्यापमा परेका आफ्नो बुबाको रिहाईको माग गर्दै ‘फ्रिडम फर पापा’ लेखिएको सन्देश देखाएका थिए ।

यस्तै उनले खेल लगत्तै स्टेटमेन्ट जारी गर्दै आफ्नो बुबालाई चाँडै रिहाईको माग गर्दै यो ‘पिडादाई पर्खाईको अन्त्त्य’ गर्न माग गरेका छन् ।

डियाजका आमाबुवा दुवैलाई २८ अक्टोबरमा नेसनल लिबरेशन आर्मी (इएलएन) का वामपन्थी छापामारहरूले उनको गृहनगर ब्यारान्कासमा कब्जा गरेका थिए । उनको आमा भेट भएपनि बुबा अझै पत्ता लागेको छैन ।

‘प्रत्येक सेकेण्ड प्रत्येक मिनेट हाम्रो चिन्ता बढ्दैछ’ २६ वर्षीय डियाजले स्टेटमेन्टमा लेखेका छन् । ‘मेरी आमा, मेरा भाइहरू र म हताश, चिन्तित छौं र हामीले के महसुस गरिरहेका छौं भनेर वर्णन गर्ने शब्दहरू छैन । यो पीडा तब मात्र समाप्त हुनेछ जब हामी उहाँलाई हामीसँग घरमा राख्छौं ।’

लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय