+
+

सुन-चाँदीका सिक्का मोह (तस्वीरहरू)

शंकर गिरी शंकर गिरी
२०८० कात्तिक २० गते १४:२५

२० कात्तिक, काठमाडौं । तिहार (धनतेरस) का लागि सुन र चाँदीका सिक्का किन्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको छ ।

नेपाल राष्ट्र बैंकले टक्सार महाशाखा मार्फत तिहारका लागि १९ देखि २४ कात्तिकसम्म सुन र चाँदीका सिक्का बिक्री सुरु गरेको छ ।

तिहारका लागि राष्ट्र बैंकको टक्सार महाशाखा बबरमहलमा सुनका असर्फी र चाँदीका सिक्का किन्न सर्वसाधारणको लामो लाइन लागेको हो ।

राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५ ग्रामको बिक्रीमा ल्याएको छ । यस्तै सुनका असर्फी १० ग्राम, ५ ग्राम र २.५ ग्रामको बिक्रीमा ल्याएको केन्द्रीय बैंकले जनाएको छ ।

चाँदीको सिक्का १० ग्रामको मूल्य १६ सय रुपैयाँ र २५ ग्रामको ४ हजार रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ । चाँदीको सिक्का १० ग्राममा लक्ष्मी, गणेश, गजलक्ष्मी र गाईको चित्र अंकित रहेको केन्द्रीय बैंकले जनाएको छ।

सुनको असर्फीको मूल्य भने हरेक दिन बिहान ११ बजे सार्वजनिक गर्नेछ । सोमबारका लागि १० ग्रामको १ लाख १ हजार ९३५ रुपैयाँ, ५ ग्रामको ५० हजार ९६८ रुपैयाँ र २.५ ग्रामको २५ हजार ४८४ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।

 

 

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?