
कोशीमा कांग्रेस संसदीय दलको बैठकको फाइल तस्वीर ।
२० विराटनगर । जाजरकोट भूकम्प पीडितका लागि नेपाली कांग्रेसको कोशी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्यहरुको १५ दिनको पारिश्रमिक दिने निर्णय गरेको छ ।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रदेशसभा सदस्यहरुको १५ दिनको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको कांग्रेस सांसद भूपेन्द्र राईले जानकारी दिए । कोशीमा कांग्रेसका २९ प्रदेशसभा सदस्य छन् ।
कोशीमा राप्रपाले प्रदेशसभा सदस्यहरुको एक महिनाको पारिश्रमिक दिने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले एक महिनाको पारिश्रमिक दिने निर्णय गरेका राप्रपा सांसद गोपालबहादुर विश्वकर्माले बताए । कोशीमा राप्रपाका ६ प्रदेशसभा सदस्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4