+
+

लुम्बिनीबाट ‘पिस टर्च’ काठमाडौं ल्याइयो

जलवायु परिवर्तन र यसले हिमालय क्षेत्रमा पारेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन लुम्बिनीबाट सुरु भएको ‘पिस टर्च’ काठमाडौं ल्याइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १७:०४

२० कात्तिक, काठमाडौं । जलवायु परिवर्तन र यसले हिमालय क्षेत्रमा पारेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन लुम्बिनीबाट सुरु भएको ‘पिस टर्च’ काठमाडौं ल्याइएको छ ।

नेपाल पर्वतारोहण संघले लुम्बिनीबाट पिस टर्चको यात्रा सुरु गरेको हो । यसलाई सगरमाथा क्षेत्रस्थित कालापथ्थरमा लैजाने योजना रहेको छ ।

आइतबार साँझ टर्चलाई स्वयम्भुनाथ र बौद्धमा परिक्रमा गराइएको छ । सो क्रममा संघका पदाधिकारी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?