२० कात्तिक, काठमाडौं । नेपाल सुपर लिग एनएसएलका लागि चितवन एफसीले अन्तिम विदेशी खेलाडीको रुपमा घानाका मुबारिक युसुफलाई आवद्ध गरेको छ ।
युसुफ घाना प्रिमियर लिग विजेता टोली असान्ते कोटुकोका डिफेन्डर हुन् ।
मंसिर ८ गतेबाट सुरु हुने दोस्रो एनएसएलका लागि विशाल श्रेष्ठ मार्की खेलाडी रहेको चितवन एफसीमा विमल घर्ती मगर आइकोनिक खेलाडीको रुपमा छन् ।
यस्तै भारतीय प्रशिक्षक मेहेराजसद्वन वेदु चितवनको मुख्य प्रशिक्षकको भूमिकामा छन् ।
प्रतिक्रिया 4