+
+

प्राकृतिक विपदको पूर्वतयारीका लागि ७७ जिल्लामै संरचना खडा गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १८:१०

२० कात्तिक, काठमाडौं । प्राकृतिक विपदको पूर्व तयारीका लागि ७७ जिल्लामै संरचना खडा गरिने भएको छ ।

सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद र नेताहरुको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपतको पूर्व तयारीबारे सरकारको निर्णय जानकारी गराएका हुन् ।

उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले ‘भूकम्प मात्र नभएर अन्य प्राकृतिक विपदाको लागि पनि तयारी अवस्थामा रहन ७७ जिल्लामै एउटा÷एउटा संरचना खडा गर्ने निर्णय गरिएको’ बताएका हुन् ।

गत शनिवार जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पबाट प्रभावितहरुका लागि सबैभन्दा दुर्गम र गरीब भूकम्प पीडितलाई पहिलो प्राथमिकता राखेर काम अगाडि बढाइएको पनि प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

भेटमा रास्वपाका सांसद एवम पार्टी उपसभापति डोरप्रसाद अर्यालले सडक पहुँच नभएकोलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री समक्ष आग्रह गरे ।

प्राप्त विवरण ठीक ठाउँमा पुगे नपुगेको अनुगमन गर्न, चिसोको बेला विशेष ध्यान दिन र राहत र पुनस्र्थापनाका लागि कानूनमा आवश्यक सुधार गर्न पनि उनले सरकारको ध्यानाकर्षण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?