
२१ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ट्राफिक चापले जहाजहरु आकाशमै होल्ड भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले विमानस्थलमा जहाजहरुको चापका कारण होल्डमा बस्नु परेको जानकारी दिए ।
‘अहिले काठमाडौंमा ट्राफिक चाप छ, त्यसले गर्दा जहाजहरुको सामान्य उडान अवतरण हुन नसकेको हो,’ उनले भने ।
जाडो मौसममा प्रतिकूल मौसमले पनि उडान अवतरणमा असर गर्छ । आज भने मौसमले असर नगरेको उनले जानकारी दिए ।
पछिल्लो समय काठमाडौं विमानस्थल अधिकतम क्षमतामा चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4