+
+

एमालेको सचिवालय बैठक भोलि

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते १२:५७
फाइल तस्वीर ।

२१ कात्तिक, काठमाडौं । नेकपा एमालेले भोलि बुधबार दिउँसो सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय च्यासलमा सवा १२ बजे सचिवालय बैठक बोलाइएको कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए ।

उनका अनुसार, आगामी केन्द्रीय कमिटीको एजेण्डा तय गर्ने, मध्यपहाडी लोकमार्ग भएर सञ्चालन हुने अभियानको कार्यक्रम तय गर्ने लगायतबारे छलफल गर्न बैठक बोलाइएको हो ।

आगामी मंसिरमा एमालेले धनगढीमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस लगत्तै मध्य पहाडी लोकमार्ग भएर अभियान सञ्चालन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?