
२१ कात्तिक, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव पद्या अर्यालले भूकम्प पीडितहरुलाई तत्काल राहत सामग्री वितरण गर्न माग गरेकी छन् ।
भूकम्प प्रभावित क्षेत्रहरु पुगेर फर्किएकी अर्यालले संकलित राहत सामग्री यथाशिघ्र वितरण गरिनुपर्ने बताएकी हुन् ।
‘जाजरकोट र पश्चिम रुकुमको भूकम्प प्रभावित क्षेत्रहरु पुगे । अहिले उनीहरुलाई तत्काल राहत सामग्री चाहिएको छ’, उनले भनिन् । सरकारले एकद्वारा प्रणालीबाट राहत सामग्री उपलब्ध गराउने नीति लिएको छ ।
तर त्यसले पीडितहरुको तत्कालको आवश्यकता पूरा गर्न नसकिरहेको उनले बताइन् । लुम्बिनी प्रदेश इन्चार्ज रहेकी सचिव अर्यालले भूकम्प प्रभावितहरुका लागि राहत सामग्री समेत हस्तान्तरण गरेकी छन् ।
बाँके र बर्दिया एमालेले संकलन गरेको ५ सय थान ब्लांकेट, ४९८ बोरा चामल सहित सामग्री हस्तान्तरण गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4