
२१ कात्तिक, काठमाडौं । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकको जिम्मेवारी डा. राजनराज भट्टले पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले डा. रुना झाको ठाउँमा डा. भट्टलाई निर्देशकको जिम्मेवारी दिएका हुन् ।
११ औं तहकी अधिकृत झालाई प्रयोगशालामा नै राखेर निर्देशकको पद हेरफेर गरिएको हो ।
यस्तै, भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. श्रीराम तिवारीले पाएका छन् । हालका निर्देशक डा. कृष्ण पौडेलको जिम्मेवारी खोस्दै वीर अस्पतालको आकस्मिक कक्षका प्रमुख रहेका डा . तिवारीलाई सरुवा गरेर भरतपुरको जिम्मेवारी दिइएको हो ।
कान्ति बाल अस्पतालमा कार्यरत ११औं तहकी नर्स डा. रोशनी लक्ष्मी तुईतुईको पनि सरुवा भएको छ । डा. तुईतुईलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा गरिएको छ ।
यस्तै, मन्त्री बस्नेतले स्वास्थ्य सेवा विभाग टेकुमा कार्यरत अधिकृत दशौं तहका उपेन्द्र ढुंगानालाई स्वास्थ्य मन्त्रालयमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइमा ल्याएका छन् ।
प्रतिक्रिया 4