
२१ कात्तिक, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान, डीनको कार्यालयले स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
संस्थानले शैक्षिक वर्ष २०८०/०८१ को लागि स्नातक (बी.ई, बी.आर्क) तहको सूचना प्रविधिको आधारमा कम्प्युटर विधि मार्फत सञ्चालित भर्ना प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
संस्थानले प्रकाशित नतिजालाई आधार मानी केन्द्रिकृत भर्ना अनुगमन समितिले प्रकाशित गर्ने कार्य तालिका अनुसार इन्जिनियरिङ अध्ययन संस्थान अन्र्तगतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कजेजहरुलाई भर्ना गर्न गराउन निर्देशन गरेको छ ।
इन्जिनियरिङ अध्ययन संस्थानले केन्द्रीकृत भर्ना अनुगमन समितिले प्रकाशित गर्ने कार्यतालिका ५ वेबसाइटबाट प्राप्त गर्न सकिने संस्थानले जनाएको छ ।
शैक्षिक सत्र २०८०/०८१ स्नातक (बी.ई, बी.आर्क) तहको प्रवेश परीषा तथा क्याम्पस भर्ना सम्बन्धी जानकारी तथा निर्देशिका २०८० अनुसार आंगिक क्याम्पसका विभिन्न कोटाहरुमा आवेदन दिन चाहने उम्मेदवारहरुले सो कोटामा योग्य हुने, नहुनेका लागि चाहिने आवश्यक कागजातहरु सहित २४ कात्तिकभित्र आईसीटीसी, आइओइ पुल्चोकमा आवेदन दिनुपर्नेछ ।
संस्थानले शुल्क विवादको कारण पटक पटक स्थगन भएको प्रवेश परीक्षा १४ कात्तिक २० गतेसम्म सञ्चालन गरेको थियो ।
प्रतिक्रिया 4