+
+

तेह्रथुम पावरको नाफा ६० प्रतिशत बढ्दा प्रतिसेयर आम्दानीमा सुधार

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते ८:५२

२२ कात्तिक, काठमाडौं । तेह्रथुम पावरको नाफा ६० प्रतिशतले बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

गत वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १ करोड ६६ लाख रुपैयाँ थियो । कम्पनीले विद्युत् विक्रीमार्फत आम्दानी बढाएकाले नाफामा सुधार देखिएको छ ।

विद्युत् बिक्रीबाट कम्पनीले गत वर्षको पहिलो त्रैमासमा ५ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेकोमा यो वर्षको सो अवधिमा ७ करोड आम्दानी गरेको छ । यसले गर्दा कम्पनीको प्रतिसेयर आम्दानीमा सुधार आएको छ ।

गत वर्षको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी (वार्षिक) १६ रुपैयाँ ६१ पैसा रहेकोमा अहिले २७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने जम्मा ७० रुपैयाँ छ । मंगलबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३१४ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?