+
+

आयोजनाको उत्पादन ठप्प हुँदा बरुण हाइड्रोपावर २ करोड नोक्सानीमा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते ९:१८

२२ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बरुण हाइड्रोपावर कम्पनी २ करोड ९ लाख रुपैयाँ नोक्सानीमा गएको छ ।

कम्पनीबाट सञ्चालित विद्युत् आयोजनाको उत्पादन बन्द भएपछि नोक्सानीमा गएको हो ।

असारको पहिलो साता आएको बाढीका कारण हेवाखोला आयोजनामा क्षति पुगेपछि विद्युत् उत्पादन ठप्प छ । जसले गर्दा कम्पनी अहिले नोक्सानीमा पुगेको हो ।

गत वर्षको पहिलो त्रैमासिक अवधिमा कम्पनीले ३ करोड २४ लाख रुपैयाँको विद्युत् बिक्री गरेको थियो भने ९९ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

अहिले कम्पनी नोक्सानी गएपछि वाषिर्क प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६६ पैसा ऋणात्मक भएको छ ।

प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ छ । सेयर बजारमा कम्पनीको मूल्य प्रतिकित्ता २०३ रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?