+

काँचो फलफूल र तरकारी स्वास्थ्यका फाइदाजनक

२०८० कात्तिक  २२ गते १२:३१ २०८० कात्तिक २२ गते १२:३१
काँचो फलफूल र तरकारी स्वास्थ्यका फाइदाजनक

सबैभन्दा पौष्टिक खाना कुन हो ? काँचो कि पकाएको ? सायदै कसैसँग होला यस प्रश्नको तत्काल जवाफ छ । किनकि दुवै प्रकारका खानेकुराको आ–आफ्नै विशेषता छन् ।

तर हाम्रो खानपानमा कतिपय फलफूल र तरकारी काँचै समावेश गरिन्छ । आजभोलि त तौल नियन्त्रणका लागि काँचो तरकारी तथा फलको सलाद खाने चलन पनि बढेको छ । स्वस्थ शरीरका लागि खानामा काँचो आहार राम्रो मानिन्छ । काँचो आहारले खानेकुरा राम्ररी पचाउन सहयोग गर्छ । साथै यसको पोषक तत्त्व पूर्ण रूपमा शरीरले पाउँछ ।

काँचो खानेकुराले के फाइदा गर्छ ?

काँचो खानेकुरामा धेरै पोषक तत्त्व र बायोएक्टिभ फाइटोकेमिकल्स हुन्छ । जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् । यसमा फाइबर र पोटासियम प्रशस्त हुन्छ, जसले रक्तचापको स्तरलाई नियन्त्रण गर्न सक्छ ।

काँचो खानेकुरामा फाइबरको मात्रा अत्यधिक हुन्छ । यसले हृदयघात, पक्षघात, उच्च रक्तचाप, मधुमेह, मोटोपना र केही ग्यास्ट्रोइन्टेस्टाइनल रोगको जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ ।

तौल नियन्त्रण गर्न पनि काँचो खानेकुरा फाइदाजनक हुन्छ । काँचो आहार खानाको पूरक हुन्छ र यसमा रहेको रेसा पेटमा गएर फैलिन्छ । यही कारण भोक अनुभव हुँदैन । यसले गर्दा ओभरडाइटिङको सम्भावना हुँदैन । अतः शरीरमा अतिरिक्त बोसो जम्दैन र मोटोपनको समस्या हुँदैन ।

कति फल वा सब्जी हामी पकाएर, भुटेर, उसिनेर खान्छौ । यसरी खाँदा फरक स्वाद त पाउन सकिएला तर त्यसमा रहेको पौष्टिक तत्त्व भने पाइँदैन । त्यसैले यस्ता खानेकुरा सलादको रूपमा काँचै खानु राम्रो हो ।

काँचो खानेकुरा विभिन्न प्रकारका प्रोटिनको महत्त्वपूर्ण स्रोत हो, जसले पाचन प्रक्रिया सहज गर्ने, कोलेस्टेरोल ठिक्क राख्ने र कब्जियतबाट बचाउँछ । यसबाहेक मेटाबोलिज्मलाई तीव्रता दिन पनि यसले सहयोग गर्छ र तौल घटाउँछ ।

दैनिक कति काँचो खानेकुरा खान जरुरी छ ?

नेपाली खानामा पकाएको खानेकुरा नै धेरै हुन्छ । यस्तोमा पकाएको खानासँगै हामीले दैनिक खानमा काँचो खानेकुरालाई पनि समावेश गर्न सक्यौं भने विभिन्न स्वास्थ्यलाभ लिन सक्छौं । त्यसैले हामीले  बिहान र बेलुकाको खानामा २५० एमएल अर्थात् एक कचौरा काँचो खानेकुरा खान जरुरी छ ।

काँचो खानेकुराहरु 

काँक्रो, मुला, गाँजर, टमाटर, प्याज, चुकन्दर, ब्रोकाउली, टुसा उमारिएको गेडागुडी, साग, कागती, बन्दा र सबै प्रकारका फलफूल काँचो खानुपर्ने खानेकुरा हुन् ।

कुन मौसममा के काँचो खान सकिन्छ ?

जुन मौसममा जस्तो काँचो तरकारी तथा फल उपलब्ध हुन्छ त्यो नै खानु फाइदाजनक हुन्छ । तर जाडो समयमा त्यति काँचो कचिलो नखाए पनि गर्मी मौसम भने यस्तो खानेकुरा खानका लागि उपयुक्त समय मानिन्छ । गर्मी मौसममा फलफूल र सागसब्जी पनि पर्याप्त मात्रामा पाइन्छन् । काँचो खानेकुरा खाँदा राम्रो तर खानुअघि राम्ररी पखाल्ने वा प्रशोधनका अन्य उपाय अवलम्बन भने गर्नुपर्छ ।

(पोषणविद् आचार्यसँग अनलाइनखबरकर्मी सुमित्रा लुटेलले गरेको कुराकानीमा आधारित)

अनुश्री आचार्य काँचो फलफूल
अनुश्री आचार्य
लेखक
अनुश्री आचार्य
पोषणविद्

अध्ययन : एमएससी (पोषण र आहारशास्त्र), साइबरजया विश्वविद्यालयमा चिकित्सा विज्ञानमा पीएचडी स्कलर, अष्ट्रेलियाबाट आहारसम्बन्धी ६ महिनाको तालिम । हाल काठमाडौंको नयाँ बानेश्वरस्थित भेनस अस्पतालमा आहारविद्को रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय