
२२ कात्तिक, काठमाडौं । आफ्नो विवादस्पद अभिव्यक्तिलाई लिएर भारत, विहारका मुख्यमन्त्री नितिशकुमारले माफी मागेका छन् ।
मुख्यमन्त्री नितिशकुमारले मंगलबार जनसंख्या नियन्त्रणलाई लिएर विवादस्पद अभिव्यक्ति दिएका थिए । यसलाई लिएर चर्को आलोचना खेपेपछि उनले बुधबार विधानसभामा आफ्नो अभिव्यक्तिप्रति खेद व्यक्त गरेका छन् र शब्द फिर्ता लिएका छन् ।
आफू र आफ्नो नेतृत्वको सरकारले महिला शिक्षाका लागि काम गरेको भन्दै अघि भने, ‘हिजो तपाईहरु मसँग सहमत हुनुहुन्छ, आज माथिबाट आदेश आएपछि मेरो आलोचना गरिरहनु भएको छ । म आफ्नो शब्द फिर्ता लिन्छु र, मेरो आलोचना गनेहरुलाई अभिनन्दन गरिरहने छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4