+
+

काठमाडौं आइपुगे चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते १३:४६

२२ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।

उनलाई राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् ।

नेपाल बसाइको क्रममा उनले बुधबारदेखि नै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री प्रचण्ड लगायतसँग भेट गर्ने कार्यतालिका छ । भेटवार्ताहरु दुईपक्षीय सहयोग आदान–प्रदानका विषयमा केन्द्रित हुने छन् ।

साथै प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे विशेषरुपमा छलफल हुने प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाको भनाइ छ ।

तिब्बतको कार्यकारी प्रमुख रहेका वाङले पोखरा भ्रमण पनि गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?