
२३ कात्तिक, काठङ्गाडौं । कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालले सेयरधनीलाई प्रतिकित्ता ६० रुपैयाँका दरले नगद लाभांश दिने भएको छ ।
कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले प्रतिकित्ता ६० रुपैयाँ नगद लाभांश सिफारिस गरेको हो ।
आगामी साधारणसभाले यो प्रस्ताव पारित गरेपछि सेयरधनीले लाभांश पाउने छन् ।
कम्पनीले गत वर्ष पनि प्रतिकित्ता ६० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । बुधबार सेयर बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता १२ हजार ७०८ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4