+
+

मितेरी डेभलपमेन्टको बोनस सेयर घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते १०:२१

२३ कात्तिक, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चित मुनाफाबाट सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर र सोमा कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

यो लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।

मितेरीले गत वर्ष १२.३५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६५ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।

बुधबार सेयर बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ३९२ रुपैयाँ ३० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?