+
+

अभिनेता प्रकाश घिमिरे अस्पतालबाट डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते १३:१९
फाइल तस्वीर

काठमाडौं । भीरबाट लडेर गम्भीर घाइते अभिनेता प्रकाश घिमिरे डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएपछि उनलाई बुधबार अस्पतालबाट डिस्चार्ज गरिएको मणिपाल शिक्षण अस्पतालका निर्देशक अभिषेक मास्केले बताए ।

उनका अनुसार एक साताको अन्तरमा फलोअपमा आउने गरेर डिस्चार्ज गरिएको हो । घिमिरेको स्वास्थ्यमा सुधार आएको र टाउकोमा लागेको चोटमा पनि सुधार आएको उनले बताए ।

करङ भाँचिएर फोक्सोमा लागेको चोट र मेरुदण्डमा लागेको चोट पनि निको हुँदै गएको उनले जनाए । आफ्नो स्वास्थ्यमा चाँडो सुधार आएपछि घिमिरेले शुभचिन्तक सबैलाई धन्यवादसमेत दिएका छन् ।

पोखरा नदीपुरको भीरमा घाँस काट्ने क्रममा लडेर उनी घाइते भएका थिए । कात्तिक १० गते मणिपाल अस्पतालमा भर्ना भएका थिए । केही दिनअघि स्थानीय मिडियासँग कुरा गर्दै घिमिरेले मंसिरसम्म आफूले गर्न बाँकी फिल्मको छायांकन सक्ने बताएका थिए । निको भएपछि उनी रामबाबु गुरुङको ‘डिग्री माइला’ र प्रदीप भट्टराईको ‘महाजात्रा’मा व्यस्त हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?