
२३ कात्तिक, काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा दुवै पक्षसँग बहस नोट माग गरेको छ ।
बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको हो । यो विवादको निरुपण न्यायाधीश घिमिरेको इजलासले नै गर्नेछ ।
गत वर्ष क्रिकेटर सन्दीप लामिछानेविरुद्ध एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । सो मुद्दामा पटक पटक सुनुवाइ र अदालतबाट विभिन्न कागजात झिकाउने आदेश भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4